तपाईंलाई थाहा छ- विश्व कसरी कुखुराको वरपर घुमिरहेको छ?

  • हेलेन ब्रिग्ज
  • बीबीसी न्यूज
कुखुरा

तस्बिर स्रोत, Getty Images

वैज्ञानिकहरूका अनुसार विश्वमा एक समयमा कुखुराको संख्या झण्डै २३ अर्ब रहने गर्छ।

र हामीले हाम्रो वातावरणलाई कस्तो तुल्याउँदै छौँ भन्ने कुराको मानक कुखुरा हुन सक्ने वैज्ञानिक दृष्टिकोण रहेको पाइन्छ।

कुनै कुराको विकासक्रम सामान्यत: वर्षौंको अन्तरालमा हुनेगर्छ। तर कुखुराको विकास निकै छिटो भएको छ।

सुपरमार्केटमा खपत हुने कुखुराहरूको वृद्धिले जंगली चराहरूको घट्दोदर प्रतिविम्बित गर्छ।

"हामीले कुरा गरिराखेको कुखुराको सङ्ख्या अहिले बाँचिरहेका कुनै पक्षीभन्दा बढी हो," अध्ययनको नेतृत्व गरेका युनिभर्सिटी अफ लेस्टरका डाक्टर कार्यस बेन्नेटले भने।

"तपाईं यसो भन्न सक्नुहुन्छ कि हामी कुखुराको संसारमा बाँचिरहेका छौं।"

रोस्ट चिकेन

तस्बिर स्रोत, Getty Images

अङ्कमा कुखुरा

  • ६५.८ अर्ब: सन् २०१४ मा वध गरिएका कुखुराको सङ्ख्या, जतिखेर १.५ अर्ब सुङ्ग्रुर र ०.३ अर्ब अन्य चौपायाहरू थिए।
  • २५,५००: फ्राइड चिकेन बेच्ने संसारका प्रशिद्ध ब्राण्डका स्टोरहरू
  • ७०%: बोइलर कुखुराको सङ्ख्या जो छिटो बढ्नेगरी पालिएको थियो (सन् २००६ को सङ्ख्या)
  • ५ देखि ७ हप्ता: बोइलर कुखुराको जीवनकाल
  • ३-५ अर्ब: सन् १८०० ताका 'यात्री परेवा' भनिने एक जंगली परेवा प्रजातीको सङ्ख्या, जुन मानव इतिहासमा सबैभन्दा बढी जानिएको पक्षी अहिले लोप भइसक्यो।

'युगका प्रतीक'

अध्ययनकर्ताहरूले पुरातात्विक विवरणहरू केलाएर कुखुरा कसरी परिवर्तन हुँदै गयो भन्ने हेरेपछि ती भूगर्भीय युगका प्रतीक हुन् भन्ने निष्कर्षमा पुगे।

हामी एन्थ्रोपिसिन भनिने वर्तमान युगमा प्रवेश गरिरहेका छौं जतिखेर मानिसका अभ्यासहरूले मौसम र वातावरणमा सबैभन्दा बढी असर पारेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, प्रयोगशालाबाट मासु

"मानिसका गतिविधिले समुद्र, वायुमण्डल होस् वा जमिनको सतह; पृथ्वीको भूपरिधिलाई उल्टोपुल्टो पारेको छ," डा बेन्नेटले भने।

"मानिसले तय गरिदिएको जैविकीको रूपमा सबैभन्दा धेरै सङ्ख्यामा रहेको हड्डीदार स्थल प्रजाती -कुखुरा- हाम्रो परिवर्तित जगतको प्रतीक बनेको छ।"

उनका अनुसार जतिखेर भावी पुस्ताले हाम्रो समयको ढुंगाहरू अध्ययन गर्नेछ त्यतिखेर उनीहरू सम्भवत 'टिनका डिब्बाहरू, प्लास्टिकका बोतलहरू वा प्लास्टिकबाट बनेका कुनै सामाग्रीहरू र तीनका बीचमा कुखुराका हड्डीहरू समेत हुनेछन्।'

विकास

घरपालुवा जनावरहरू, अहिलेको विश्वमा जनावर प्रजातीमध्ये सबैभन्दा बढी छन्।

घरपालुवा कुखुराहरू राता जंगली कुखुराबाट विकास भएका हुन् जसको उद्गम दक्षिण पूर्वी एसियाको उष्णप्रदेशीय भूमिमा भएको हो।

सबैभन्दा पहिले ८ हजार वर्षअघि घरहरूमा यो पक्षी पाल्न थालियो र त्यसयता मासु र अण्डाका लागि त्यो क्रम द्रूत गतिमा विश्वभर फैलियो।

कुखुरा

तस्बिर स्रोत, Getty Images

सन् १९५० को दशकमा 'चिकेन अफ टुमोरो प्रोग्राम' शुरू गरेर ठूला कुखुरा उत्पादन गर्न थालियो।

त्यसयता यस पक्षीमा व्यापक परिवर्तनहरू हुन थाल्यो।

यसलाई हुर्काउने क्रममा तौललाई केन्द्रमा राखियो जुन कुरा यसको शरीरको आकार, रसायन र हड्डीहरूको वंशाणुबाट समेत थाहा हुन्छ।

समयक्रममा रोस्ट चिकेन समेत विश्व खाद्य बजारका लागि कुनै दुर्लभ परिकार रहेन।

यस अध्ययन रोयल सोसाइटी ओपन साइन्समा प्रकाशित छ।